ताप्लेजुङ हेलिकप्टर दुर्घटना : प्रचण्डले भेटे शोकाकुल परिवारजन (फोटोफिचर)

0
Shares

काठमाडौं, १६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरूका परिवारजनलाई भेट गरी समवेदना प्रकट गरेका छन् ।

आज विहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गर्नुभई समवेदना प्रकट गरेका हुन । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना दिए ।