काठमाडौं, १८ फागुन । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अत्यन्तै नाजुक रहेको छ। हाल उनको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको ह्याम्स अस्पताल स्रोतले जानकारी दिएको छ।
लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटकपटक दोहोरिएको थियो। अस्पतालले आजै साँढे ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया