Logo

मृत्युअघि भरतमोहनको ओली-प्रचण्डलाई यस्तो आग्रह : झगडा नगर्नुहोस, मिलेर जानुहोस



काठमाडौं, १८ फागुन । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ। तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको आज (शनिवार) राति मृत्यु भएको हो ।

१५ दिनअघि पूराना कम्युनिष्ट नेता एवम् आफ्नै सम्धि कृष्ण आचार्यलाई अस्पतालमै बोलाएर उनले तीन वटा गम्भिर कुरा गरेका थिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा आचार्यले भने,उहाँले मलाई अस्पतालमै बोलाएर पार्टी एकतालाई निश्कर्षमा पुरयाउनको लागि ओली र प्रचण्डजीलाई भनिदिनुहोस है भन्नुभयो । उहाँले तीन वटा कुरा गर्नुभयो । पहिलो कुरा, उहाँले अहिले नेकपाको दुई तिहाईको बहुमत छ, झगडा नगर्न भनेर नेताहरुलाई भन्नुहोस है भन्नुभयो । दोस्रो कुरा, विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा हो । सबै नेताहरु एक भएर अगाडि बढ्नुहोस भन्नुभएको थियो ।”

उता स्वर्गीय अधिकारीका छोरी ज्वाँई सुदिप आचार्यले अधिकारीको विकास र समृद्धिबारे पुस्तक लेख्ने अन्तिम चाहना रहेपनि त्यो अधुरै रहेको बताए । उनले भने,”उहाँ विकास र समृद्धिबारे एउटा पुस्तक लेख्न चाहनुहुुन्थ्यो। तर, उहाँको त्यो चाहना अधुरै रह्यो ।”



प्रतिक्रिया दिनुहोस्