काठमाडौं, २० फागुन,। महाशिवरात्रिको अघिल्लो दिन आजैदेखि पशुपतिनाथ मन्दिर परिसरमा रमझम सुरु भैसकेको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको एउटा विशेषता हो-बाबा साधु ।
शिवरात्रीको तीनरचार दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । पशुपति परिसरमा थरीथरीका बाबाहरु भेटिन्छन् । तर, यो वर्ष विगतको तुलनामा बाबाहरु निकै कम देखिएका छन् ।

पशुपतिमा बाबाजीहरुको घुइँचो भइसकेको छ। नेपालका साथै भारतबाट समेत यस वर्ष पनि बाबाजीहरु भेला भएका हुन्। तर, गत वर्षभन्दा कम बाबाजी पशुपतिमा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने, गाजा खाने बाबाहरको विशेषता हो । बाबाहरु शिवरात्रीमा गाँजालाई ‘प्रसाद’का रुपमा प्रयोग गर्छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गत वर्षदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको जानकारी दिए ।यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले कारवाही गरिनेछ ।
तस्विर : मुकुन्द कालिकोटे/REPORTERSNEPAL.COM




प्रतिक्रिया