Logo

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट, २ जना घाइते



काठमाडौं, २४ फागुन । वैदेशिक रोजगार व्यवासायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ। बसुन्धरा सुन्दरमार्गस्थित अध्यक्ष गुरुङको घरमा शुक्रबार साँझ करिब ८ बजे भएको विस्फोबाट घरमा आगलागी भएको छ।

घटनामा परी २ जना घाइते भएका छन्। आगलागीबाट पार्किङ गरेर राखेको टोयटाको फर्चुनर कार जलेर पूर्ण ध्वस्त भएको छ। घाइतेहरुकाे चिरायु अस्पताल उपचार भइरेकाे छ।

विस्फोट हुँदा लागेको आगो प्रहरीको सहायतामा दलकलले निभाएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेकाे छ। क्षतिकाे विवरण आउन बाँकी छ।

FILE PHOTO



प्रतिक्रिया दिनुहोस्