Logo

घर भत्किँदा श्रीमान्को मृत्यु श्रीमती गम्भीर घाइते



खलङ्गा, १४ चैत । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ ।

गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घर भत्किँदा गम्भीर घाईते भएकी श्रीमतीको अवस्था भने चिन्ताजनक रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर पुजन रोकायाले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्