सैनिक मञ्च टुडिखेलमा यसरी मनाईयो घोडेजात्रा (फोटोफिचर)

0
Shares

काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यकामा मनाउदै आएको परम्परागत घोडेजात्रा समपन्न भएको छ । घोडेजात्राको अवसर पारेर आज नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा घोडेजात्रा समारोहको आयोजना गरेको थियो । अवलोकन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्द वहादुर पुन, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपि शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना, नेपाल सरकारका मन्त्री, सचिव र विभिन्न कुटनितिक नियोगका प्रमुख लगायत उच्च पद्स्थ व्यक्तिहरुको सहभागीता रहेको थियो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनबिश्वास गरिदै आएको छ ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको थियो । आजकै दिन ललितपुरमा पनि एउटा कालो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहदै आएको छ ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal.com