Logo

बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउनुहुँदैन् : वृषेशचन्द्र लाल



काठमाडौं, १७ बैशाख ।राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारले के कसरी कारबाही गर्छ ? त्यो हेर्न बाँकी छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लालले अहिले मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता रहेको आरोप लगाए । उनले भने,‘सबै क्षेत्रमा माफियाहरु सक्रिय छन् । भूमाफीयाहरुको गतिविधि त झनै बढ्दो छ । भूमाफीयाहरुले सरकारी जग्गा कब्जा गरेर नीजि बनाएका छन् ।’

बालुवाटारको ललिता निवास आँफैमा ऐतिहाँसिक भएको उनको तर्क छ । उनले भने,‘सुवर्णशमशेरबाट सरकारले अधिग्रहण गरेको हो । यो जग्गाको आफ्नै महत्व र ईतिहास छ । यस्तो ईतिहास बोकेको जग्गापनि व्यक्तिको नाममा बनाएर किनबेच गर्नुमा ठूला नेताहरुको नाम आईरहेको छ । जोसकुै भएपनि अहिले शंका उत्पन्न भएको छ। उनीहरुले जनतासामू स्पष्टीकरण दिनुपर्छ ।’

अरुलाई लाग्ने कानून नेताहरुलाई पनि उत्तिकै लाग्ने सुनाउँदै सरकारी जग्गा भएको थाहा पाईपाई निजीकरण गराउने जोसुकै भएपनि आरोप प्रमाणित दोषीहरुलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने लालको भनाई छ । उनले भने,‘दोषीमाथि कारबाही हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्