Logo

हेटौँडा सिमेन्ट उद्योगलाई बचाउन सबै एक हौँः मन्त्री यादव



हेटौँडा, १७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले हेटाँंैडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने बताउनुभएको छ ।

उद्योगको आज अनुगमन गर्दै मन्त्री यादवले उद्योगलाई बचाउनका लागि सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारी कर्मचारी उद्योगको मालिकसमेत भएकाले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने उहाँको धारणा थियोे । उद्योगलाई परेका समस्या समाधान गर्नका लागि सरकार तयार रहेको मन्त्री यादवको भनाइ थियो ।

अनुगमनसँगै निजी उद्योगले प्रशस्त सिमेन्ट उत्पादन गरेर बजार लिइरहेको वर्तमान अवस्थामा हेटौँडा सिमेन्ट उद्योगको अवस्था पहिचान गर्न र थप व्यवस्थित तथा निजी सिमेन्ट उद्योगसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने विषयमा आज मन्त्री यादवसहितको टोलीले अन्तक्र्रिया गरेको उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले बताउनुभयो ।

अन्तक्र्रियामा मन्त्री यादवसँगै उद्योग मन्त्रालयका सचिव एमकुमारी खतिवडा, प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष न्यौपाने, उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंह, विभिन्न टे«ड युनियनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्