Logo

किसान हत्याको छानबिन गर्न आदेश



अबुजा, ९ जेठ । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले उत्तरपश्चिमी काटसिना प्रान्तमा अज्ञात बन्दुकधारीले गरेको १८ जना कृषकको हत्याप्रति गहिरो दुःख प्रकट गर्दै उक्त घटनाको तत्काल छानबिन गर्न आदेश दिनुभएको छ ।

काटसिनाको बाटसारी गाउँमा मङ्गलबार बिहान बन्दुकधारीले स्थानीय गाउँलेको हत्या गरेका थिए ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा राष्ट्रपति बुहारीले कृषकमाथि भएको निर्मम आक्रमणको छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी र सेनालाई आदेश दिनुभएको उल्लेख छ ।

नाइजेरियाको उत्तरी क्षेत्रमा हालैका महिनामा सशस्त्र समूहले एकपछि अर्को आक्रमण गरिरहेका छन् । साथै यस क्षेत्रमा कृषकका पशु र अरु धनमाल लुटपाट गर्ने सिलसिला जारी छ ।रासस



प्रतिक्रिया दिनुहोस्