Logo

ब्राजिलको जेलमा ४० जना कैदी मारिए



उत्तरी ब्राजिलको चार ओटा जेलका सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४० जनाको ज्यान गएको छ ।शुरुका यस घटनामा परी ४२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका थिए । तर केही समयपछि कुनै विस्तृत विवरण विना यस हसामा परी ४० मारिएका अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमबार भएको यस घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् ।

ब्राजिलका कारागारहरूमा कोचाकोच हुने कारण नै कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गरेको बताइन्छ । जेलभित्र रहेको समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि पुनः यो घटना भएको बताइएको छ । एमाजोनास् राज्यको प्रान्तीय राजधानी मनाअसमा यो घटना भएको अधिकारीहरूले बताएका छन् ।

कारगारामा धेरै भीड भएको र अक्सिजनको अभावका कारण श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको अधिकारीहरुले बताएका छन् । कैदीका आफन्तहरूका अनुसार कारागारमा एकदम भद्रगोल अवस्थाको कारण नै हिंसा शुरु भएको सोही कारण ज्यान गएको छ ।

दुई वर्षअघि ब्राजिलको कारागारमा कैदीहरूबीच भएका झडपमा परी भएको ५६ मारिएका थिए । ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा पर्दछ । आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी थिए । उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्