Logo

अमेरिका र इरानबीच युद्धको खतरा



इरानमाथि तेल ट्यांकरमाथि आक्रमणको आरोप लागेको छ । तेल बोकेको ट्यांकरमाथि ओमानको खाडीमा आक्रमण हुँदा ट्यांकर बोकेको जहाजमा समेत क्षति पुगेको छ । तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएपछि आगजनी समेत भएको छ ।

बिहिबार गन्तव्यतर्फ जाँदै गरेको दुई वटा ट्यांकरमा विस्फोटक हमला भएको हो । आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोप समेत सुरु भएको छ । अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ ।

इरानले भने उक्त आरोप निराधार रहेको दावी गर्दै आएको छ । घटनापछि अमेरिका र इरानबीच गतिरोध बढेको छ । दुवै देकबीच युद्धको खतरा बढेको छ । इरान र अमेरिकाले दुवैले ट्यांकरका सदस्यहरुको उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ सदस्यको उद्धार गरिएको थियो । विश्वको सबैभन्दा ठूलो तेल मार्गमा एक महिनाभित्रै यो दोस्रो आक्रमण हो । – एजेन्सी



प्रतिक्रिया दिनुहोस्