Logo

चिनियाँ राष्ट्रपति ताजकिस्तान भ्रमणमा



दुशान्बे, ३१ जेठ । चिनियाँ राष्ट्रपति सि चिनफिङ शुक्रबार ताजकिस्तान आइपुग्नु भएको छ ।

‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उहाँ ताजकिस्तान आउनुभएको अधिकारीहरूले जनाएका छन् ।

दुई देशको आपसी सम्वन्ध बलियो बनाउदै रणनीतिक साझेदारीको लागि विश्वासका साथ अगाडि बढ्ने राष्ट्रपति चिन फिङ्ले बताउनुभएको छ ।

मध्य एसियाका देशहरुका लागि चीन अहिले सवै भन्दा ठूलो लगानीकर्ता र मुख्य साझेदार हुदै गएको छ ।

चिन फिङले बेल्ट एण्ड रोड कोअपरेसनको मध्यमबाट रणनीतिक र दीर्घकालिन समृृद्धि हासिल गर्न सकिने सुझाव पनि दिनुभएको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्