Logo

राँची पुगेर मोदीले गरे योगा



योगा गर्न यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राँची पुगे । अन्तर्राष्ट्रिय योगा दिवसको उद्घाटनका अवसरमा झारखण्डको राँची पुगेका मोदीले प्राचीन अभ्यासका रुपमा योगाको व्याख्या गर्दै यसलाई रङ्ग, जात, उमेरभन्दा माथिको अभ्यास भने ।

उनले भने, योगा सबैको हो । मोदीले हजारौंको साथमा बसेर योगा गरे । मोदी प्रधानमन्त्री भएपछि योगालाई अन्तर्राष्ट्रियकरण गर्न सफल भएका हुन् । संयुक्त राष्ट्रसंघले २१ जूनलाई विश्व योगा दिवसका रुपमा मान्यता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्