Logo

पिसाब फेरेर चारलाई घाइते बनाउने मान्छे



एक व्यक्तिले पिसाब फेरेर चारजनालाई घाइते बनाइदिएका छन् । बर्लिनमा भएको यो घटना नदीमा चलिरहेको डुंगामा एक व्यक्तिले पिसाब फेरिदिदा भएको हो ।

जन्नोविज पुलबाट पिसाब फेरेपछि पर्यटक चढेको डुंगामा परेको थियो । पर्यटकहरु टाउकोमा केही खस्यो भनी आत्तिएर हाम फालेका थिए ।
घाइते चारजनालाई अस्पताल लगिएको छ ।

ती व्यक्तिको गतिविधिको सामाजिक सञ्जालमा आलोचना भइरहेको जनाइएको छ । पिसाब फेर्ने व्यक्ति पक्राऊ परेको या जरिवाना गरिएकोबारे केही खुलाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्