Logo

कुमार पौडेलको हत्या होइन, जवाफी कारबाहीमा मृत्यु : प्रहरी प्रवक्ता पोखरेल



असार ८, काठमाण्डौ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई पक्राउ गरेपछि हत्या गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रहरीमाथि आक्रमण भएपछि जवाफी फाइरिङका क्रममा पौडेलको मृत्यु भएको दावी गरेका हुन् ।

देशमा शान्ति सुरक्षा कामय गर्नमा नेपाल प्रहरी पूर्ण सफल भएको प्रवक्ता पोखरेलको दावी छ ।

पछिल्लो समय प्रहरीभित्र भ्रष्टाचार अन्त्य भएको पोखरेलको दावी छ । सरुवा बढुवामा प्रहरीभित्र कुनै अनियमितता नभएको पनि पोखरेलको जिकिर छ ।

महानिरिक्षक सर्वेन्द्र खनालले सफलतापूर्वक नेपाल प्रहरीको नेतृत्व गरेको बताउँदै पोखरेलले खनालमा कुनै खोट नभएको बताए ।

केपी ओली नेतृत्वको सरकार र कुनै पनि राजनीतिक दलबाट प्रहरीलाई कुनै दबाब नआएको पनि पोखरेलले दावी गरे ।



प्रतिक्रिया दिनुहोस्