Logo

बालिकामाथि यौन दुव्र्यवहार गर्ने सफरे पक्राऊ



बालिकामाथि यौन दुव्र्यवहार गर्नेलाई नरेफाँटबाट पक्राऊ गरिएको छ । मोटरसाइकल वर्कशपमा काम गर्ने रौतहटका २० वर्षीय सफरे आलमलाई मंगलबार प्रहरीले पक्राऊ गरेको हो ।

आलमले ७ वर्षीय बालिकालाई ललाइफकाई वर्कशपमा लगेर यौन दुव्र्यवहार गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राऊ गरी अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्