Logo

सुटुक्क दिल्ली पुगेका गच्छदारको धार्मिक र राजनीतिक भेट



काठमाडौं, २० असार । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार राजनीतिका चतुर खेलाडी मानिन्छन् । ३० वर्षयता सधै सत्ता र शक्तिमा टिकिरहेका थोरै नेताहरुमध्ये एक उनले फेरि राजनीतिक सक्रियता बढाएका छन् । देशभित्रको राजनीतिक अवस्थालाई गहिरोसँग केलाएर उनी खुसुक्क भारत पुगे ।

गएको शुक्रबार उनी विराटनगर पुगेर सिधै झापाको काकडभिट्टा नाका कटेर बागडोरा एयरपोर्ट पुगे । त्यहाँबाट दिल्ली पुगेका उनी केह धार्मिक कार्यक्रममा सहभागी भए । भारतका धर्मगुरु श्री श्री रविशंकरलाई गच्छेदारले भेटे । रविशंकर धर्मगुरु मात्र नभई भारतको राजनीतिक र कर्मचारीतन्त्रसम्म बलियो पहुँच भएका व्यक्ति हुन् ।

रविशंकरको माध्यमले उनले केही महत्वपूर्ण भेट गरे । स्रोतका अनुसार गच्छेदारले सत्तारुढ भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघका प्रभावशाली पदाधिकारीहरुसँग भेटेका छन् । विशेषगरी हिन्दु धर्मसँग नजिक संघसंस्थाका गुरु तथा पदाधिकारीसँग उनको भेट अर्थपूर्ण रहेको छ । उनीहरुले नेपालमा धार्मिक मुद्यामा चासो व्यक्त गरेका थिए ।

भारतीय जनता पार्टीका नेताहरुबाट नेपालमा हन्दु अधिराज्य कायम हुनुपर्ने विषय उठिरहँदा भारत पुगी गच्छेदार धार्मिक कार्यक्रममा सहभागी हुनुले निकै महत्व राख्छ । उनले धार्मिक मुद्यामा चासो राख्नेहरुसँग भेट्नु अर्थपूर्ण छ ।

नेपाली काँग्रेसभित्र पनि हिन्दु राज्यको मुद्या जर्बजस्त उठिरहेको छ । यसलाई अझ बलियो बनाउन नेपाल र भारत दुवैतरका शक्त सक्रिय रहँदै आएका छन् । गच्छेदार धार्मक कार्यक्रम र धार्मिक गुरुहरुसँग भेट्नुले यो मुद्यामा कत्तिको असर पर्छ हेर्न बाँकी छ ।

राजनीतिमा यु-टर्न हुनसक्ने गच्छेदार धर्मको मुद्यामा मौन रहँदै आएका छन् । उनले भारत पुगी धार्मिक संघसंस्थाका नेताहरुसँग भेटेपछि चाल्ने कदमबारे चासो बढ्न सक्छ ।

प्रष्ट बोल्ने र कडा शैलीका गच्छेदार राजनीतिक सहमति र सत्ताको अंकगणित मिलाइदिनसक्ने नेता हुन् । उनले विगतमा नमिलेका कतिपय शक्तिलाई मिलाएका थिए । विदेश सम्बन्धमा कमजोर देखएका गच्छेदारले यसपटक भारत पछि अमेरिका भ्रमण गरेर विदेश सम्बन्ध बलियो बनाउन खोज्दैछन् ।

भारतबाट गच्छेदार सिधै अमेरिका जाने उनी निकट स्रातले जानकारी दियो । उनको अमेरिका भ्रमण छोरा भेट्नका लागि भनिएपनि राजनीतिक उद्देश्य समेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्