Logo

तरकारी रोक्दा हाइहाई, खोल्दा सरकारको चर्को आलोचना



काठमाडौं, २३ असार । सरकारको अपरिपक्व निर्णय लिने शैलीले कडा आलोचना खेप्नुपरेको छ । भारतबाट आयातित तरकारी विषादी प्रयोग भए नभएको परीक्षण गर्ने भनी सीमामा रोकेपछि ठिक गर्यो भनेर ओली सरकारको हाइहाई भयो । तर, विषादी परीक्षणको पूर्वाधार तयार भएकै थिएन ।

परीक्षणका लागि प्रयोगशालामा आवश्यक उपकरण सीमानाका वरपरका प्रयोगशालामा थिएन । सरकारले नियम बनाएर लागू गर्न तम्सियो । भारतबाट आपूर्ति हुने तरकारी सीमा नाकामा रोक्किए । भारतीय पक्षले कि परीक्षण सहज बनाउन सीमा पोष्ट नजिकै प्रयोगशाला राखेर चेकँजाँच गर्न कि अहिलेलाई स्थगित गर्न पत्राचार गर्यो ।

सरकारले तत्काल उपकरणको व्यवस्था मिलाउन सकेन । वाध्य भएर अहिलेलाई परीक्षण स्थगित गर्ने निर्णय लियो । अहिले सरकारको चर्को आलोचना भएको छ ।

आफ्नै निर्णयबाट पछि हटेको भन्दै आलोचित सरकारले जनतालाई राम्ररी बुझाउन सकेन । सरकारमा रहेका र निकटस्थहरुले यसबारे बुझाउन कोशिश गरेपनि सम्भव भएको छैन । देशमा तरकारी भारतबाट रोक्किदा हाइहाई भयो तर खोल्दा चर्को आलोचना भयो । कारण कसैले खोज्न चाहेनन् । अपरिपक्व निर्णय लिने सरकारको शैलीले उसको निर्णय एक हप्ता पनि टिक्न सकेन ।



प्रतिक्रिया दिनुहोस्