भारतसँग कुरा गर्न ओलीलाई देउवाको आग्रह


काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा डुबान समस्याका बारेमा भारतसँग कुटनीतिक तबरले कुरा गर्नुपर्ने बताएका छन्।

बाढी, पहिरो तथा डुबानका बारेमा बुधबार पार्टीले संसदमा राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले यस्तो बताएका हुन्। उनले भने,‘भारतसँग कुरा गरेर स्थायी समाधान खोज्नुपर्छ, नभए स्थिति झन् भयावह हुन्छ ।’ देउवाले आफूले बाढीप्रभावित क्षेत्रको भ्रमण गर्दा पीडितहरू घरवारविहीन भएको, खाद्यान्न अभाव भएको, नदी कटान भएको, लत्ताकपडा अभाव भएको जस्ता समस्या पाएको उल्लेख गर्दै सरकारको भने उपस्थिति नभएको बताए ।

Skip This

Omoda E5 Pro