काठमाडाैँ । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बजेट वार्ता असफल भएपछि सोमबार राजा फिलिपसमक्ष राजीनामा दिएका छन्।
राजाले शुक्रबारको नयाँ बैठकपछि मात्र निर्णय गर्ने बताए। फ्लेमिश प्रधानमन्त्री आगामी वर्षको सङ्घीय बजेटमा सहमति जुटाउन गठबन्धन वार्तामा अल्झिनुपरेको थियो
सरकारले देशको उच्च व्यापार घाटा घटाउन सन् २०२९ सम्म १० अर्ब युरो (११.६ अर्ब डलर) बचत खोजिरहेको छ । सहमति जुटाउन गरिएको सवैभन्दा पछिल्लो गठबन्धन वार्ता डे वेभरले राजीनामा दिनुभन्दा केही घण्टाअघि नै भङ्गको थियो।
“राजाले आफ्नो निर्णय रोकेर राख्दै हुनुहुन्छ र भोलिदेखि सत्तारुढ गठबन्धनका विभिन्न दलका नेताहरूसँग छलफल सुरु गर्नुहुनेछ,” शाही वक्तव्यमा भनिएको छ।
उनले डे वेभरलाई शुक्रबार फेरि भेट्ने पनि उल्लेख गरिएको छ । “बेल्जियमले ‘लामो राजनीतिक सङ्कट धान्न सक्दैन,” दरबारले चेतावनीको स्वरमा भनेको छ।
वक्तव्यमा अगाडि भनिएको छ, “राजा अब्दुल्लाहले राष्ट्रले वर्तमान चुनौतीहरू सामना गर्न सक्ने विश्वसनीय बजेट दिन नसकेकोमा दुःख व्यक्त गरेका छन्। त्यसैले राजा सबैलाई जिम्मेवारीको भावना देखाउन र संलग्न सबै दललाई सामान्य हित र सम्झौताको भावनालाई प्राथमिकता दिन आह्वान गर्नुभएको छ।”
डे वेभरले सन् २०२५ फेब्रुअरीदेखि पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहनुभएको छ । एक वर्षअघि पनि यस्तै बजेट गतिरोध भएको थियो र त्यतिबेला पनि डे वेभरले राजासमक्ष राजीनामा दिने इच्छा प्रकट गर्नुभएको थियो।
सरकारले बेल्जियमको बजेट घाटा घटाउन अर्बौं बचत र नयाँ राजस्व खोजिरहेको छ। यो घाटा कुल गार्हस्थ्य (जीडीपी) को पाँच प्रतिशतभन्दा बढी छ । सरकारको योजना मुख्य रूपमा सार्वजनिक खर्च कटौतीमा आधारित छ । यसमा स्वास्थ्य सेवा खर्च घटाउने, भ्याट बढाउने प्रस्ताव पनि छन्।
तर योजनाको एक गठबन्धन साझेदारले कडा विरोध गरेको छ। फ्रान्सेली भाषा बोल्ने उदारवादी दल एमआर थप कर वृद्धिविरुद्ध दृढ छ। उसले यसले मुद्रास्फीति बढाउने भन्दै कर वृद्धिविरुद्ध आवाज उठाएको छ।
वार्ता ट्रेड युनियनहरूको दबाबमा भइरहेको छ। उनीहरू महिनौँदेखि मितव्ययिताका उपायविरुद्ध आन्दोलन गरिरहेका छन्। निरन्तर विरोध प्रदर्शनले हजारौँ मानिसलाई सडकमा उतारेको छ।




प्रतिक्रिया