Logo

महानगर र सडक विभागबीच जुहारी



साउन ८, काठमाण्डौ । हिलो र धुलो राजधानीको पहिचानै भएको छ । वर्षामा यहाँका सडक र गल्लीमा हिलो कुल्चँदै सवारी साधन र पैदलयात्री हिँडिरहेका हुन्छन् भने हिउँदमा धुवाँ धुलो खपिनसक्नु हुन्छ । सडक विभाग, ठेकेदार, नगरपालिका या महानगरपालिका बीच समन्वय नहूँदा काठमाण्डौ उपत्यकाका सडक हरेक वर्षको वर्षायाममा अस्तव्यस्त हुने गरेको छ ।

घाम लाग्दा धुलो र पानि पर्दा हिलोहुने काठमाडौ अधिकाशं सडकमा गत बर्ष जस्तै यस पटक पनि पैदल यात्रुले सास्ति भोगिरहेका छन् । हुन त यी सडक खण्ड हिलो र धुलो हुनु कुनै नौलो विषय भने पक्कै होईन ।

सडक खण्ड बनिहाले पनि तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै भत्किन्छ अनि पानी परेपछि विजोग हुन्छ । यि सडकमा दैनि दुर्घटना हुने गरेको विभिन्न क्षेत्रका स्थानीय बताउँछन् ।

अस्तव्यस्त सडक खण्डमा निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्ने गरेकाले सडकमा बेथिति मौलाएको हो । कतिपय ठाउँमा पिच भइसकेको सडकमा अमन्य विकासे कामका लागि पुनः भत्काउने गरिँदा समस्या निम्तिने गरेको छ ।

सडकमा देखिएको समस्याबारे सम्बन्धित निकायबीच तालमेल देखिदैन । सडक विभाग र स्थानीय निकायबीच कुन सडक कसले बनाउने भन्नेमा स्पष्ट छैन । अहिलेसम्म भएको समस्या समाधानका लागि अब भने काठमाण्डौ महानगरले सबै सडकको जिम्मा लिने काठमाण्डौ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताएका छन् ।

सडक विभागले भने आफ्नो जिम्मामा ८ मिटरभन्दा चौडा सडक मात्रै भएको बताउने गरेको छ । उपत्यकाका अधिंकाश हिलाम्मे सडक स्थानीय निकायको जिम्मामा रहेको विभागको दावी छ ।

सम्बन्धित निकायले जे जस्तो जवाफ दिए पनि यि सडकको अवस्था अर्को वर्षसम्म पनि यस्तै नरहला भन्न सकिँदैन । असारमा बजेट सक्न हतार–हतार पुरिएका खाल्डाहरु पनि निर्माणको गुणस्तर कमजोर भएका कारण फेरि भत्किन थालेका छन् ।

नागरिकलाई खाल्डाबाट जोगाउन भन्दै त्यसैका लागि अतिरिक्त कर असुलिरहेको सरकारले त्यस्ता खाल्डा पुर्न र सडक आवागमन सहज गर्न भने असफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्