Logo

नियमावली विवाद सुल्झाउन कांग्रेस बैठक बस्दै



काठमाडौं ९ साउन । विवाद अन्त्य गर्न कांग्रेसले छलफल गर्दैछ र आज केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । कार्यसमिति नै लामो समयदेखि नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए।

२९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन।

केन्द्रीय कार्यसमितिको पूर्वसन्ध्यामा हिजो पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए । नियमावली कसरी पारित गर्नेदेखि अन्य एजेन्डाबारे छलफल भएको आजको बैठकले निकास दिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।



प्रतिक्रिया दिनुहोस्