Logo

‘नेपाल-भारत सम्बन्ध राम्रो बनाउनुपर्छ’



काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अहिले राम्रो हुँदै गएकोले आगामी दिनमा यसलाई अझै राम्रो बनाउनुपर्ने बताएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले यस्तो बताएका हुन् ।

विगतभन्दा अहिले सबै संयन्त्रहरु सञ्चालित र सुचारु रहेको पनि उनले सुनाए । उनले भने,‘अहिले त राजनीतिक तहको सम्बन्धपनि स्थापित भएको छ । अब यसलाई कति राम्रो गर्ने भन्ने त हाम्रोपनि भूमिका हुन्छ नि ।’ भारत र नेपालबीचको सम्बन्ध सुमधुर र राम्रो बनाउनुको विकल्प नभएको उनको जिकिर छ । भारतसँगको नेपालको व्यापार घाटा ठूलो रहेकोले यसलाई घटाउनुपर्नेमा जोड दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रति असाध्यै धेरै राम्रो मोह रहेको पनि उनले सुनाए । मोदीको नेपाल मोहलाई नेपालले उपयोग गर्नुपर्ने उनको सुझाव छ । नेपाल–भारतबीच रहेको व्यापार घाटा घटाउनको लागि नेपालले अब प्याकेजमा कार्यक्रम अघि बढाउनुपर्ने पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्