Logo

नेकपा नेताहरु ओली, प्रचण्ड, माधव र नारायणकाजीको विदेश दौड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको विदेश दौड चलेको छ । अध्यक्ष प्रचण्ड १४ साउनमा सपरिवार युनाइटेड अरब इमिरेट्स उडेका छन् ।

प्रचण्डको साथमा पत्नी सीता दाहाल र छोरीहरु रेणु दाहाल र गँगा पनि रहेका छन् । उनी १८ साउनमा फर्कने तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली १८ साउनमा सिंगापुर जाँदैछन् । उनी नियमित स्वास्थ्य जाँचका लागि जान लागेको जनाइएको छ । पछिल्लो समय नेकपा नेताहरुको सिंगापुर आवत्जावत् बाक्लिदै गर्दा हुनलागेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।


नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल दक्षिण अफ्रिका जाँदैछन् । उनको साथमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहने छन् । विदेशको एक कार्यक्रममा दुवै नेता सहभागी हुन लागेका हुन् ।


पार्टीको सचिवालय बैठकमा विभिन्न विभागहरुको नेतृत्व टुँगो लगाउन नसकिरहेको बेला अध्यक्षद्धय विदेश जानुपर्ने भएकोले साउन २८ गते बस्नेगरि स्थगित् भएको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्