Logo

भिजिट नेपाल–२०२० सफल बनाउँछौं : मन्त्री ज्ञवाली



काठमाडौं, १५ साउन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भिजिट नेपाल–२०२० सफल बनाउन वर्तमान सरकार योजनाका साथ अगाडि बढेको स्पष्ट पारेका छन् । २३ औ गाउँ पर्यटन दिवस तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपालको साधरणसभाको बुधबार काठमाडौमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले पर्यटन क्षेत्रको विकास बिना आर्थिक समृद्धि सम्भव नहुने धारणा पनि राखेका छन् । उनले आर्थिक समृद्धिको लागि दिगो पर्यटन विकासमा जोड दिएका छन् । ज्ञवालीले पर्यटन क्षेत्रलाई ग्रामिणमुखी बनाउनु पर्नेमा जोड दिए ।

पछिल्लो समय नेपाल आउने पर्यटकको संख्या बढेको भन्दै उनले सरकार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन योजनाका साथ अगाडि बढेको जानकारी दिए । ज्ञवालीले नेपालमा राजनीतिक परिर्वतन भए पनि आर्थिक परिर्वतनका लागि योजना नबनेको भन्दै आर्थिक परिर्वतन नै अब सरकारको लक्ष्य रहेको स्पष्ट पारे । रासस



प्रतिक्रिया दिनुहोस्