विमानस्थलभित्र गोलीसहित पक्राउ


झापा । विमानस्थलभित्र गोलीसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले चन्द्रगढी एयरपोर्टमा चेकजाँचका क्रममा १६ साउनमा एक राउण्ड गोली सहित सौर्य एयरद्धारा काठमाडौं जान लागेका ईलाम सूर्योदय नगरपालिका–४ बस्ने ३८ वर्षीय सुरेश राईलाई थ्रिनटथ्रि राईफलमा लाग्ने एक राउण्ड गोली सहित पक्राउ गरेको हो ।

एयरपोर्ट सुरक्षार्थ खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा राईको लगेजमा उक्त गोली फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Skip This

Omoda E5 Pro