Logo

चन्द समूहका दुई कार्यकर्ता पक्राउ



तनहुँ । नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले गयराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् ।

उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्