कुमारी बैंकका सहायक म्यानेजरको ट्याक्टर दुर्घटनामा मृत्यु


डडेल्धुरा। ट्याक्टर दुर्घटनामा परी कुमारी बैंकका सहायक म्यानेजर समिर बिष्टको निधन भएको छ । २२ साउनमा डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो। भागेश्वर गाउँपालिका–४ रतनी घर भइ हाल डडेल्धुरा सदरमुकाममा बस्दै आएका विष्टको उपचारका क्रममा लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्ङ्याकी नजिकै २२ साउनको साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएदा उनी घाइते भएका थिए । दुर्घटनाको कारण खुल्न नसकेकोे प्रहरीले जनाएको छ ।

मृतक विष्ट रेडियो अमरगढीमा पनि कार्यरत रहदै आएको जनाइएको छ ।

Skip This

Omoda E5 Pro