अर्काको नाममा सवारीको ट्रायल दिन गएपछि…


ललितपुर । सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा दिने क्रममा प्रहरीले नक्कली विद्याथीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ डल्लु बस्ने सुर्खेत घर भएका बिनोद शाहीलाई २६ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा सुर्खेत घर भएका दिनेश अधिकारीको नाममा ट्रायल परीक्षा दिने क्रममा फेला पारी शाहीलाई प्रहरीले पक्राउ गरेकोे जनाएको छ ।

अर्काको नाममा ट्रायल दिने यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Skip This

Omoda E5 Pro