Logo

म मरोस् भन्नेहरु अर्का चुनावका लागि तयार रहनु–प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि जान लाग्दा नकारात्मक सोच्नेहरु पनि भएको भन्दै स्वस्थ्य भई आउने बताएका छन् । ४ भाद्रमा सिंहदरबारमा संविधान दिवस/राष्ट्रिय दिवस मूल समारोह समितिको कार्यक्रम-२०७६ मा बोल्दै आफ्नो मृत्युको कामना गर्नेहरु समेत भएको बताएका हुन् ।

‘म मरोस् भन्नेहरु आफ्नो अस्तित्व रक्षा गर्न तयार रहनु,’ ओलीले कडा शब्दमा भने । आफू सिंगापुरमा उपचारका लागि जान लागेको र स्वस्थ भई फर्कने बताए । अर्को चुनावमा आफ्नो मृत्युको कामना गर्नेहरुलाई पत्तासाफ गरिदिने बताए । उनले भने,‘चुनावका लागि तयार रहनु, आफ्नो अस्तित्व रक्षाका लागि तयार रहनु ।’

उपचारका लागि ५ भाद्रमा सिंगापुर जान लागेका प्रधानमन्त्री ओलीको पछिल्लो भनाई आएको हो । सिंगापुरमा नियमित चेकजाँच गरेर स्वदेश फर्किएको दुई साता नबित्दै ओली उपचारका लागि जान लागेका हुन् । मृगौला प्रत्यारोपण गरेको १२ वर्ष पूरा भएपछि मृगौला पुनः प्रत्यारोपण गर्ने वा अन्य उपचारविधि अपनाउनेबारे चिकित्सकसँग परामर्श गर्न जान सिंगापुर जान लागेको बताइएको छ । उनको स्वास्थ्यका बारेमा देशभित्र विभिन्न टिकाटिप्पणी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्