Logo

कांग्रेस नेता र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता सम्पन्न



काठमाडौं, ५ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री जयशंकर हिजो नेपाल आएका हुन् । कांग्रेस नेताहरुसँगको भेटमा द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको छ ।

भेटवार्तामा सहभागी पूर्वमन्त्री तथा केन्द्रिय सदस्य डा. नारायण खड्काका अनुसार समग्र नेपाल–भारत सम्बन्धका बारेमा छलफल भएको थियो । आफूहरुले पञ्चेश्वर परियोजना तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको उनले सुनाए । त्यस्तै उनले बाढी र डुवानबारे कुराकानी भएको थियो ।

उता भारतीय विदेशमन्त्री जयंशकरले पनि मिलेर जानेबारे नेपालको विकासको लागि जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको विश्वास दिलाएका थिए । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले आजमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसअघि उनले पशुपतिमा पूजाआजा गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्