Logo

तिजको विकृति : न मौलिक गित न मध्यरातमा दर



काठमाण्डौ । आधा आकाश ढाकिएका महिलालाई घरभित्र मात्र सीमित गरिनु हुंदैन । भन्ने गरिन्छ– एउटा पुरुष शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ तर एउटी महिला शिक्षित हुँदा पूरै घर शिक्षित हुन्छ ।

यसको अर्थ हुन्छ कि महिलाले विवेक र्पुयाएर काम गर्छन् । तर, तिजका हकमा त्यो कुरा लागू हुन सकेन । महिलाले मनाउने तिजको मौलिकता हराउँदै गएको छ ।

तिज नेपाली महिलाको महत्त्वपूर्ण चाड हो । यसलाई हर्षोउल्लास तरिकाले मनाउन पाउनु नारीको अधिकारभित्र पर्ने कुरा हो । त्यसैले नेपाल सरकारले तिज मनाउनकै लागि सार्वजनिक बिदा दिने गरेको छ । तर, केही समययता आएर तिज मनाउने दिनलाई पनि तेत्तीस प्रतिशतमा र्पुयाइँदै छ ।

महिला र तिज एक अर्काका पर्यायवाची भएकै कारण होला दुई दिन मनाउने तिजलाई हाल आएर महिनौँ अगाडिदेखि मनाउन थालिएको छ । सुरूमा सभ्रान्त परिवारका महिलाले पैसा उठाउँदै पार्टी प्यालेसमा तिजको दर खुवाउने चलन चलाए । अहिले त्यो परम्पराजस्तै भएको छ ।

काठमाडौंलगायत सहरी क्षेत्रमा एक महिनादेखि पार्टी प्यालेसमा तिजको दर खाने र खुवाउनेको भिडभाड छ । के उद्देश्य र कुन स्वार्थका लागि हो, महिलालाई दर खुवाउनका लागि पनि थुप्रै समूह निस्किएका छन् । विभिन्न संघ संगठन, सम्पर्क मञ्च, आमा समूह, दिदीबहिनी समूह ब्युर्टीपार्लर समूह इन्जिनियर महिला समूह आदि आदि नामका थुप्रै यस्ता समूहले महिलालाई दर खुवाउने गरेका छन् ।

मानौँ, यो तिज सय वर्षमा आएको हो, अब अर्को तिज सय वर्षपछिमात्र आउँछ जस्तो गरेर लागेका छन् । तिज आउन अझै १० दिन बाँकि छ तर शहर र शहर उन्मुख क्षेत्रमा भने तीजले छोपी सक्यो ।

तर केही दिनअघि देखि नै तिजको नाममा विभिन्न कार्यक्रम हुन थालेका छन् । तिज संस्कृतिको निरन्तरता र धार्मिक विश्वास मात्र रहेन सामाजिक बिकृतिको रुपमा बढ्दै गएको छ । यो क्रम अझै बढ्दो छ । काठमाडौँका अधिकांश साना ठुला पार्टी प्यालेस तिज कार्यक्रमका लागि आग्रिम बुकिङ्गमा छन् ।

तीजले बिकृति बढाएको भन्दै विभिन्न जिल्लाका प्रशासन कार्यालय हरुले पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । यस्ता कार्यक्रमलाई समयमा नियमन नगर्ने हो भने तिज मनाउने नाममा भित्रिएको बिकृति रोक्न नसकिने अवस्थामा पुग्ने देखिन्छ ।

तिजसँग सम्बन्धित दर खाने लगायतका कार्यक्रम मात्रै होइन, तिजका अवसरमा सृजना गरिने गित पनि भड्किलो बन्दै गएको छ । तीज गीतमा मौलिकता खोज्नेहरूलाई यसले निराश बनाएको छ ।

कहिलेकाहीँ गाइने गीतहरूमा छाडापन हटाउने, द्विअर्थी प्रयोग नगर्ने र तिजलाई तिजजस्तै तरिकाले संयमित भएर गाउने भनिएपनि यस्तै खालका गीतहरू रेडियोरटेलिभिजनबाट घन्कीरहेका छन् । पर्व आफैमा राष्ट्रको सम्पत्ति हो । यसलाई संरक्षण गरिनु अत्यन्त जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्