Logo

प्रचण्ड पार्टीमा सक्रिय आफ्नो नेतृत्वमा बोलाए पहिलो पटक बैठक



काठमाडौं ९ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा सक्रिय भएका छन् । उनले आज पहिलो पटक आफ्नो अध्यक्षतामा बस्नेगरि बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन अनुमति दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक पार्टी सचिवालयको औपचारिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष प्रचण्डलाई एकल अध्यक्षता गरी पार्टीको काम अघि बढाउन सहमति दिएका थिए । त्यसलगत्तै अध्यक्ष प्रचण्डले नेताहरूसँग अनौपचारिक छलफल थालेका छन् । अनौपचारिक छलफलपछि आज दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमै दाहालले बैठक बोलाएका हुन् ।

पार्टी एकता भएको १५ महिनासम्म पनि अध्यक्ष प्रचण्डले एकल रूपमा पार्टीका काम अघि बढाउने अधिकार पाएका थिएनन् । ओली र दाहालले संयुक्त अध्यक्षता गर्दै पार्टीका बैठक चलाउँथे ।आज महानगरका अध्यक्ष र सचिवहरूको चयनसम्बन्धी एजेन्डामा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्