घडेरी नहुनेले अनुदान पाएनन्


काठमाडौं । भूकम्पपछि आएको पहिरोको कारण बस्ती नै जोखिममा परेपछि बस्ती सारिएकाहरुले सरकारबाट पाउनुपर्ने अनुदान पाएका छैनन् ।

सुरक्षित स्थानमा सारिएको बस्तिले उपयुक्त जग्गा नपाएका कारण उनीहरुले अहिलेसम्म अनुदान रकम नपाएको आजको गोखापत्रका हेमनाथ खतिवडाले लेखेका छन् । सरकारले जोखिमयुक्त बस्तीमा परेकाहरुलाई स्वइच्छिक स्थानान्तरणका लागि दुई लाख रुपैयाँ प्रदान गर्दे आएकामा बस्ति सारिएपनि आफुहरुले उपयुक्त जग्गा नपाएको भन्दै भूकम्प गएको पाँच बर्षमा पनि उक्त रकम नपाएको गुनासो गर्दे आएका छन्।

तर, जोखिममा परेका रसुवाका ६२७ लाभग्राहिले जग्गा खरिद गरिसकेको र १५० परिवारले निजी आवास निमार्ण सम्पन्न गरिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थनीय पूर्वाधार कार्यालयको भनाई रहेको छ । आयोेजनाका अनुसार लाभग्राहि मध्ये एक हजार ९५ परिवार मध्ये १८ परिवार भूमिहिन रहेका र जग्गा नपाउने परिवार चार सय ६८ रहेको रहेका छन् ।

Skip This

Omoda E5 Pro