काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच पार्टी एकता भएको छ । दुवै पार्टीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै बुधबार पार्टी एकताको प्रक्रिया अघि बढाउने सहमति गरेका हुन् ।
एकताको सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेकपाको तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेकी छन्।
दुई पार्टीबीच एकताको लागि १० बुँदे सहमति भएको छ।
आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन गर्नेलगायतको विषय समेटिएको छ।





प्रतिक्रिया