सोमालिया मिसनमा जाने प्रहरी नायव उपरीक्षकलाई बिदाई


काठमाडौं । प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूती राज पाण्डेले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सोमालियास्थित युनाईटेड नेशन एस्सिटेन्ट (सयुक्त राष्ट्र सहायता अभियान) मिसनमा अनपोलको रुपमा खटी जान लाग्नुभएका प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद सोतीलाई आज बिदाई गरेका छन् ।

सोही अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले मिसनमा उत्कृष्ट काम गरी सफलता हासिल गर्न प्रहरी नायव उपरीक्षक सोतीलाई शुभकामना दिए ।
प्रहरी नायव उपरीक्षक सोती १७ भदौमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।

Skip This

Omoda E5 Pro