Logo

शहरमा चितुवा नाँचेपछि (तस्बिरसहित)



ललितपुर ।  तिखिदेवलमा चितुवाको आतंक मच्चिएको छ । एउटा घरको बगैँचामा रहेको वातावरणमा केही जनावरको पञ्जाको छाप पाइएको छ । यही पञ्जाको छापलाई त्यहाँ बस्ने अन्य व्यक्तिहरूले पनि चितुवाको पञ्जा भनेपछि त्रास उत्पन्न भएको हो।

घरका व्यवस्थापक भरत पाण्डेयका अनुसार हिजो राति सात बजे नै गेट लाइएको थियो । तर बिहान गेट खोल्न जाँदा भिजेको माटोको मैदानमा धेरै पञ्जाको छापका साथै माटो र दुबो सहित उखेलिएको देखियो । त्यो पञ्जा कुन जन्तुको हो भनी ठ्याक्कै पहिचान भएको छैन । तर, चितुवाको आशंका गरिएको छ ।

रुखमुनि धेरै पञ्जाको छाप पाएको कारण त्यो चितुवा भएको दाबी गरिएको छ। विशेषगरी पर्खाल नजिकमा रहेको एउटा धुप्पीको रुखमा लहरका पातहरू धेरै झरेको र यस प्रकारले कहिल्यै पात नझर्ने भएको  तर आज त्यस्तै पातहरू झरेको देख्दा पक्कै पनि बन्य जन्तु आएको आशंका गरेको बताए । अरु रुखको मुनि कुनै पात नझरेका थाहा पाएपछि उनलाई त्यो चितुवनै हो जस्तो लागेको कुरा पनि थपे ।


‘पक्कै पनि चितुवा पर्खालमा चढेर बाहिर जानका लागि रुखमा पहिला चढेर त्यसलाई हल्लाएको हुनुपर्छ । कुकुर रुख चढ्न सक्दैन,’ उनले भने ।
घरका मुनि तलामा अफिस रहेको छ । कर्मचारीहरु पनि त्यो चितुवाको पञ्जाको छाप हो भनी दाबी गरिरहेका छन् । उनीहरु पनि पाण्डेयको जस्तै तर्क प्रस्तुत गरिरहेका छन् ।

‘बेलुका सात बजे नै गेट बन्द गरिएको थियो भने कुकुर भित्र छिर्न असम्भव हुन्छ, र यदि कतैबाट छिरेको थियो भने त्यो अझै घरको वरिपरिको क्षेत्रफलमै हुनुपर्ने । पक्कै पनि त्यो चितुवा हो र रुखमा चढेर बहिरतिर लागेको हुनुपर्छ । अनि अर्को कुरा कुकुर रूख चढ्न सक्दैन,’ कर्मचारी दिलिप तामाङले भने ।

कर्मचारी र घरधनीले भने जस्तै विभिन्न ठाउँमा त्यस्तै पञ्जाले भरिएको छ र घाँस पनि पञ्जाले उखेलिएको पाइन्छ । तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्