Logo

सुन बढ्यो चाँदी घट्योे



सुनको मूल्यमा वृद्धि भएको छ । लगातार तीन दिनसम्म घटेको सुनको मूल्य फेरी बढेको हो । २३ भदौं छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा भने ५ रुपैयाँले घटेको छ । ८८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य ३ दिनमा २ हजार रुपैयाँले घटेर २२ भदौं ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने १९ भदौं देखि चाँदीको मूल्य लगातार घटिरहेको छ । १९ गतेदेखि अहिलेसम्म चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटिसकेको छ ।

यस वर्षको साउन सुरुवातदेखि नै बढेको सुनको मूल्यले व्यवसायीलाई व्यवसाय धान्न र कालीगढलाई काम दिन गाह्रो भएको छ । साउन यता सुनको मूल्य झण्डै ८ हजार रुपैयाँले बढिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्