Logo

आजबाट काठमाडौंमा विद्युतीय बस संचालन (फोटोफिचर)



काठमाडौं, २३ भदौ । आजबाट काठमाडौं उपत्यकामा चार वटा विद्युतीय बस संचालनमा आएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका हुन्।

यसअघि सरकराको समेत स्वामित्वमा वि.आइ.डी संचालनमा ल्याए पनि ती बस संचालनमा आउन नसकेको अवस्थामा निजी क्षेत्रले संचालन सुरू गरेको छ। निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौं ल्याएका सातवटा विद्युतीय बसमध्ये सोमबारबाट चारवटा बस संचालनमा ल्याएका हो।

चारवटा बस नै चक्रपथ परिक्रमा गर्नेछन्। चक्रपथ परिक्रमा गर्दा २४ रुपैयाँ भाडा सामान्य तय डिजेलको गाडीमा चक्रपथ परिक्रमा गर्दा ३० रुपैयाँ भाडा निर्धाण गरिएको छ। नयाँ पुरानो वा कति सुविधासम्पन्न गाडी छ भन्ने आधारमा पनि भाडा केही थोरै धेरै हुने गरेको गाडी संचालकहरू बताउने गरेका छन्। सुन्दर यातायातले ३० रुपैयाँलाई भाडा आधार मानेर २० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ। सुन्दरले ल्याउने बस ४० सिट क्षमतासम्मका छन्।

कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ। यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरू हुनेछन्। सोमबाबाट चक्रपथ परिक्रमा गरिए पनि केही दिनमा उपत्यकाका भित्री रुट र बुटवलमा पनि गाडी संचालन गर्ने तयारी सुन्दरको रहेको छ।

यसको लागि चीनबाट केही दिनमा ११ वटा गाडी ल्षयाउन थालिएको जनाएको छ। यसो हुँदा सन्दसँग तत्काल १८वटा गाडी रहने छन्। त्यस्तै सुन्दर ट्रेडर्सले ५० वटा थप गाडी खरिद गर्दै छ। सुन्दरले प्रदेश १ को विराटनगरदेखि काँकडभिट्टामा पनि बिजुली बस संचालन गर्ने जनाएको छ। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्