Logo

विपीलाई यसरी सम्झिए शशांकले, देश र पार्टीलाई माथि राख्नुपर्छ



काठमाडौं, २४ भदौ । प्रमुख प्रतिपक्षी दल महामन्त्री डा. शशांक कोइरालाले विपी कोइरालाको विचारलाई अझै घनिभूत रुपमा अघि बढाउनुपर्ने बताएका छन् । विपीको १०६ औं जन्मजयन्तीमा आज आफ्नो फेशबुक पोष्टमा लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘विपीले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई बढि महत्व दिने संस्कारको विकास गर्नुभएको थियो । तर, अहिले देश र पार्टी जे होस, म चाहीँ जसरी पनि हुनुपर्यो भन्ने जुन संस्कारको विकास भएको छ। यो परिपाटीले पार्टी र देश दुवैको हित हुँदैन् । जय नेपाल ।’ विपीले ठूलो मान्छे होईन, असल मान्छे हुनुपर्छ भनेको कुरालाई पनि उनले विशेष महत्वको साथ फेशबुकमा पोष्ट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot