Logo

आरती पुर्व राष्ट्रिय गान बजाउने निर्णयबाट सरकार ब्याक भएकोमा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिको धन्यवाद



काठमाडौं, २४ भदौ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले आफूहरुको माग समयसिमाभित्रै नेपाल सरकारले पूरा गरेको भन्दै धन्यवाद दिएको छ । आज एक विज्ञप्ती जारी गर्दै उक्त समितिले पशुपतिनाथ मन्दिर परिसरमा हुने नियमित बाग्मती गंगा आरती पूर्व अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै धन्यवाद दिईएको हो । विज्ञप्तीअनुसार सरकार हिजो (सोमबार) बाट आफ्नो पूर्ववतः निर्णयबाट पछि हटेको हो ।

त्यस्तै, गौहत्याको प्रकरणमा पनि आफूहरुले अघि सारेको माग बमोजिम गृहमन्त्री रामबहादुर थापा बादलले दोषीलाई कारबाही गर्ने आश्वासन दिएकोमा समिति आशावादी रहेको छ । सरकारले यो प्रकरणमा छानबिन गर्न गठन गरेको समितिका संयोजक उपसचिव सागरमणि पाठकसँपनि आफूहरुको सम्वाद तथा छलफल भएको समितिको भनाई छ । यो बीचमा सरकारले दोषी देखिएका केही व्यक्तिहरुलाई पक्राउ गरी छानबिनको दायरामा ल्याएको पनि समितिले दाबी छ ।



प्रतिक्रिया दिनुहोस्