साउदी दूतावासका कर्मचारीसँगको मिलेमतोमा गैर-पर्यटकीय भीसा बनाई अनियमितता गर्ने अधिकृतविरुद्ध मुद्या


काठमाडौ, २४ भदौ । अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत विरुद्ध अख्तियार अनुसन्धान आयोगले सोमवार मुद्धा दायर गरेको छ । साउदी नागरिकलाई गैर पर्यटकीय भीसा दिई अनियमितता गरेको अभियोगमा उनीमाथि मुद्या दायर गरेको हो ।

अख्तियारका अनुसार साउदी अरेवियन नागरिक अल्जाहरिनी मोहम्मद हुसेनलाई साउदी अरेवियन दूतावास र नेपालको अद्यागमन विभागका केही कर्मचारीहरूले मिलेमतोमा रेकर्डसमेत नराखी गैर – पर्यटकीय भिसाबापतको रकम सरकारको राजस्व खातामा दाखिला नगरी गैर – पर्यकटीय भिसा दिई प्रस्थान अनुमतिसमेत दिइसकेको र रकम लेनदेनमा कुरा नमिलेपछि पुन पक्राउ गरेको उजुरी आधारमा अनुसन्धान हुँदा सुवेदीको जिम्मामा रहेका नं. ००१९५५ को सक्कलै गैर – पर्यटकीय भिसा दुरुपयोग गरेको संलग्न कागज प्रमाणबाट पुष्टिका आधारमा अध्यागमन नियमावली बमोजिमको प्रक्रिया पूरा नगरी साउदी अरेबियन नागरिक अल्जाहरिनी मोहम्मद हुसेनको नं. ए७५८५६७ को राहदानीमा टाँस गरेका थिए ।

भिसा स्टिकरबापत नेपाल सरकारलाई हानीनोक्सानी पुर्याउने काम गरे बापत ७२८ सातसय अठ्ठाईस अमेरिकन डलर, बिलम्ब शुल्कबापत एक हजार बयानब्बे अमेरिकी डलरसहित १८२० अमेरिकी डलरको तत्कालीन मितिमा कायम रहेको विदेशी मुद्रा बिनिमय दर एक अमेरिकी डलरको नेपाली रुपैँया १०६.०५ ले हुन आउने नेपाली रुपैयाँ एक लाख त्रियानब्बे हजार एघार रुपैयाँ र अध्यागमनको कसुरबमोजिम हुने जरिवाना पचास हजार गरी दुई लाख त्रिचालीस हजार एघार रुपैयाँ बिगो कायम गरी सुरेश सुवेदीलाई भ्रष्टाचार गरेको खुल्न आएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार भ्रष्टाचार बमोजिम विगो दुई लाख त्रिचालीस हजार एघार रुपैयाँको दोब्बर चार लाख छयासी हजार बाईस रुपैयाँ जरिवानाको मागदावी लिई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।

Skip This

Omoda E5 Pro