दाङ, १७ कात्तिक । तुई खोलामा पुल नहुँदा स्थानीयलाई खोला वारपार गर्न सास्ती भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का स्थानीयले हरेक वर्ष ज्यान जोखिममा राखेर खोला वारपार गर्दै आएका आएका छन् ।
खोलामा पुल नहुँदा वर्षा सुरु हुनासाथ स्थानीयको दैनिकी कष्टकर र जोखिमपूर्ण बन्ने गरेको छ । स्थानीय गोविन्द नेपालीले तुइखोलामा पुल नहुँदा खोला वारपार गर्न सकस व्यहोर्नुपरेको बताए
खोला वारपारमा स्थानीय स–साना विद्यार्थीले कष्ट व्यहोर्नुपरेको छ । स्थानीयले पटकपटक स्थानीय सरकारसँग पुल बनाइदिन माग राख्दा सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।




प्रतिक्रिया