Logo

दशैंको मुखमा महङ्गीको मार



काठमाडौं, भदौ २८ । सर्वसाधारणको दशैं महङ्गो हुने भएको छ । भान्छामा अति आवश्यक तरकारीको मूल्य आकाशिएपछि महङ्गीमो मारमा पर्नुपर्ने भएको हो ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास बोर्डका अनुसार आजको मितिमा बजारमा प्याजको मूल्य प्रतिकेजी ८० रुपैयाँ पुगेको छ । दशैंको मुखमा मूल्य दोब्बर भई ८० रुपैयाँ पुगेको हो । आलु प्रतिकेजी ७० रुपैयाा पुगेको छ । आलुको मूल्य पनि झण्डै दोब्बरले वृद्धि भएको हो ।

गोलभेडा ९० रुपैयाँ प्रतिकेजी पुगेको छ । यो वर्ष गोलभेडाको मूल्य ८० देखि ९० रुपैयाँको अनुपातमा रहँदै आएको छ ।

मूला प्रतिकेजी ७० रुपैयाँ पुग्दा काउली १४० सम्म पुगेको छ । मिष्ठान्न तरकारीको परिकारका लागि नभई नहुने तरकारीको भाउ उकालो लाग्दा सर्वसाधारणको दशैं सोचेभन्दा बढी खर्च हुने देखिएको छ । विगत वर्षहरुका तुलनामा दैनिक उपभोग्य सामानको मूल्य चर्कदा जनता मारमा पर्ने भएका छन् ।

सरकारले आपूर्ति व्यवस्था सहज र सुपथ मूल्यको बनाउने बताइरहँदा बजार भाउ बढेको बढ्यै छ । उपभोग्य सामानको मूल्य दशैं आउन एक तीन हप्ता बाँकी छँदै वृद्धि गरेर व्यापारीले बठ्याई गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्