Logo

फलफूल बन्यो ‘आकाशको फल आँखा तरी मर’



काठमाडौं, भदौ २८ । नेपालीमा एउटा उखान छ- आकाशको फल आँखा तरी मर । यो फलफूल खान चाहनेका लागि चरितार्थ हुँदैछ । फलफूलको मूल्य आकाशिंदा अधिकांश सामान्य जनताका लागि छोइनसक्नु भएको छ ।

बजारमा फलफूलको मूल्य यति आकाशिएको छ कि एक केरसा केराको मूल्य १० रुपैयाँ पुगेको छ । मौसमी स्याउ मात्र केही सस्तो भएको छ । देशका विभिन्न जिल्लामा प्रतिकेजी स्याउ दश रुपैयाँभन्दा कममा व्यापारीले उठाउन थालेको खबर आइरहँदा काठमाडौंमा १६० प्रतिकेजी सम्म पुगेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका अनुसार आज कागती प्रतिकेजी ३५ पुग्दा अनार २५० पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा निकै महङ्गो हो । अघिल्लो वर्ष अनार प्रतिकेजी एक सय रुपैयाँसम्मले पाइएको थियो । तरबुजा ७० पुग्दा भुईकटहर १३० पुगेको छ । मौसमी नासपानी ७० रुपैयाँ प्रतिकेजी पुगेको छ । मेवा १३० पुगेको छ ।

स्थानीय काक्रो एक सय रुपैयाँ पुग्दा मौसम दुई सय रुपैयाँ प्रतिकेजी पुगेको छ । देशमा उत्पादन भएपनि चिस्यान नहुँदा विदेशी फलफूलको आयातले पनि उपभोक्ता मारमा परेका हुन् । यसबाट वर्षेनी अरबौं रुपैयाँ विदेशिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्