Logo

तरुण दलमा अध्यक्ष र महासचिवको द्वन्द्व



काठमाडौं २९ भदौ । तरुण दल अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीको द्वन्द्वले भाँडभैलोमा पुगेको छ । केही दिनअघिदेखि आरोप/प्रत्यारोपमा उत्रिएका बस्नेत र शाहीले शनिबार एकअर्कालाई हटाएको वक्तव्यबाजी गरेका छन् ।

अध्यक्ष जितजंग बस्नेतले महासचिवबाट शाहीलाई हटाएको लगत्तै महासचिव शाहीले पनि बस्नेतलाई हटाएको वक्तव्य जारी गरेका छन् । चार जना पदाधिकारीको भरमा चल्दै आएको संगठन दुई पदाधिकारीको विवादले अहिले लथालिंग हुन पुगेको छ । बस्नेत सभापति शेरबहादुर देउवा र शाही वरिष्ठ नेता रामचन्द्र पौडलनिकट हुन् ।

कार्यकाल सकिन दुई महिना छँदासम्म ९९ सदस्यीय तरुण दल अध्यक्ष, महासचिव, उपाध्यक्ष र कोषाध्यक्षका भरमा मात्रै चल्दै आएको थियो । तीन वर्षअघि पोखरा महाधिवेशनमा निर्वाचन नगराई संस्थापन र संस्थापनइतर पक्षबीच भागबन्डाका आधारमा चार पदाधिकारी राखेर दलको कार्यसमिति गठन गरिएको थियो । त्यसपछि पार्टी नेतृत्वले भागबन्डा मिलाउन नसक्दा विस्तार नसकी चार पदाधिकारीमै सीमित रहन पुगेको हो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्