Logo

‘जहाँ कुमार केटो मन्दिरमा चढाइन्छ’



काठमाडौं २९ भदौ । आफ्नो मनोकांक्षा पूरा गर्न मन्दिरमा छोरी चढाउने संस्कृति त पहिल्यैदेखि सुनि आएको हो । तर छोरामान्छेलाई पनि परिवारले यस्तो उद्देश्यले चढाउँछन् भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्छ होला ?

दैलेखको तल्लो ढुंगेश्वरमा मन्दिरमा चढाएको कुमार केटोबाट टिका र आर्शिवाद थापेमा आफ्नो मनोकांक्षा पूरा हुने सिद्धेश्वर महादेवको मन्दिरमा कुमार केटो चढाउने चलन छ ।

मन्दिरमा चढाएको कुमार केटोलाई ‘देउकेटा’ भन्ने गरिन्छ । मन्दिरमा पूजापाठ गर्नेदेखि मन्दिरको सरसफाइ र रेखदेख गर्दै ‘देवकोटा’ दिनचर्या वित्छ ।

यो कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुंगेश्वरस्थित सिद्धेश्वर महादेव मन्दिरको बर्षौ पुरानो परम्परा हो । कर्णाली नदी किनारमा रहेको यो मन्दिरमा परम्परादेखि नाबालक अर्थात कुमार केटो चढाउने चलन छ । हाल मन्दिरमा जीवन गिरी ‘देउकेटा’ को रुपमा छन् ।



प्रतिक्रिया दिनुहोस्