Logo

मन्दिरकै छैन लालपुर्जा



नेपालगन्ज, भदौ २९ । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर रहेको जग्गाकै पुर्जा नभएको तथ्य सार्वजनिक भएको छ ।

डेढ सय वर्ष पहिले निर्मित मन्दिर परिसरभित्र दुईवटा कित्ता देखिन्छ। भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका अनुसार कित्ता नम्बर ९० को सात हजार नौ सय ३२ वर्गमिटर र कित्ता नम्बर १६३ को चार हजार नौ सय ५१ वर्गमिटर क्षेत्रफल रहेको जग्गा मन्दिरले चर्चेको छ।

तर, ती जग्गाको पुर्जा अहिलेसम्म बनेको छैन। मन्दिर रहेकै ठाउँको पुर्जा नभएपछि जग्गा खोजबिन आयोगका सदस्य आश्चर्यमा परेका छन्।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेमबहादुर दौल्यालले बागेश्वरी गुठीको स्वामित्वमा जग्गा भए पनि मन्दिर रहेको ठाउँको लालपुर्जा अहिलेसम्म नबनेको बताए।

‘यो गाउँ ब्लकको जग्गा हो, २०२४ सालतिर सुरु नापीको क्रममा मन्दिरको नाममा पुर्जा बन्नुपथ्र्यो, तर किन बन्न सकेन खै,’ उनले नागरिकसँग भने, ‘दुई वटा कित्ता रहे पनि पुर्जा बनाउन चासो नदिनुले मन्दिरको सम्पूर्ण जिम्मा लिएका व्यक्तिले गम्भीर लापरबाही र हेलचक्र्याइँ गरेको पुष्टि भएको मालपोत प्रमुख दौल्यालले बताए। आजको नागरिक दैनिकमा अर्जुन ओलीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्