Logo

उपत्यका भित्रिने र बाहिरिने राजमार्गमा सास्ती



काठमाडौं, भदौ २९ । उपत्यका भित्रिने र बाहिरिने राजमार्गको अवस्था सुधार नगरिदा लाखौ यात्रुलाई असुविधा थपिएको छ ।

ठाउँ–ठाउँमा सडक विस्तारको नाममा लामो समयदेखि सडक भत्कायका कारण सडकको स्थिति नाजुक बन्दै गएको छ भने पुराना सडकमा रहेका खाल्टाखुल्टीले यात्रालाई जोखिमयुक्त बनाईदिएको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटको सडकखण्डमा खाल्टाखुल्टी देखिएका छन् । कलंकीबाट बाहिरिने अर्को नाका भक्तपुरसम्म राम्रो भए पनि बनेपा पार भएसँगै खाल्टाखुल्टीले सडक भरिएका छन् ।

बल्खुदेखि हेटौंडा निस्कने सडकखण्डको ठाउँठाउँमा पिच उप्किएको छ भने सडकभरि खाल्टाखुल्टी छन् । काठमाडौं–नुवाकोट–धादिङ तथा रसुवा जाने तीन वटा नाकाको पनि हालत खराब नै छ । टोखा, ककनी र गल्छीको बाटो पनि दयनीय अवस्थामा छ ।

ठेकेदारको लापरवाही र सरकारी निकायको सक्रियता नहुनाले उपत्यका र उपत्यकाबाहिरका सडकको अवस्था दयनीय बन्न पुगेको हो । आजको राजधानी दैनिकमा टेनिस रोकाले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्